नाक भाँच्न १ करोड र घडेरी समेत छुट्याएको भनेर पत्रकारलाई धम्क्याएपछि एकाएक चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आखिरकार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो भनाइप्रति दु:ख ब्यक्त गरेका छन्।
जेठ २६ गते आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा पत्रकारको नाम नखुलाई ‘संवादका क्रमहरूमा आवेगजन्य परिस्थितीका कारण’ व्यक्त भएको कुराले ‘उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दु:ख व्यक्त’ गर्दै आफ्ना भनाईहरू फिर्ता लिएका छन्। विज्ञप्तीमा इटहरी उपमहानगरपालिका प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र सँधै रहने भन्दै दुवै पक्ष परिस्कृत र परिमार्जित बन्दै इटहरीको सम्बृद्धि र विकासमा अघी बढ्नुपर्ने बताएका छन्। नेपालका ठूलाठूला राजनीतिक परिवर्तहरू प्रेस जगतको भुमिका विना सम्भव नभएको बताउँदै विज्ञप्तीमा अगाडी भनिएको छ “प्रेस जगतले पनि आन्तरिक शुद्दिकरण र सुदृढिकरण गर्न सके सञ्चार जगतको मर्यादामा अझै निखार आउने कुरामा दुइमत नहोला।”
घटनापश्चात पनि बिभिन्न सञ्चार माध्यममा अत्यधिक आक्रोशपूर्ण अभिव्यक्ति दिएका मेयर चौधरीको अचानक आएको यो विज्ञप्तीले सकारात्मक सन्देश प्रवाह गरेको अनुभव गरिएको छ। विज्ञप्तीको सामाजिक सञ्जालमा स्वागत गरिएको छ।
आफू लामो राजनीतिक यात्रा पार गरेर आएको र २४ वर्षको उमेरमै तत्कालिन हाँसपोसा गाविसको दुई कार्यकाल अध्यक्षको रूपमा परिक्षण भएको उधृत गर्दै शुरू भएको विज्ञप्ती परिवर्तन र सम्बृद्धिको यात्रामा रहेको इटहरीको विकासको लागि सबै पक्षलाई सामेल हुन गरिएको अनुरोधमा टुङ्गिएको छ।
घटनापश्चात पनि बिभिन्न सञ्चार माध्यममा अत्यधिक आक्रोशपूर्ण अभिव्यक्ति दिएका मेयर चौधरीको अचानक आएको यो विज्ञप्तीले सकारात्मक सन्देश प्रवाह गरेको अनुभव गरिएको छ। विज्ञप्तीको सामाजिक सञ्जालमा स्वागत गरिएको छ। सञ्चार जगतले पनि यसलाई सकारात्मक रूपमा हेर्ने संकेत देखिएको छ। मेयर चौधरीको कार्यक्रम वहिस्कार गर्ने निर्णय गरेका इटहरीका पत्रकारहरू र १ करोड मुल्य तोकिएको नाकका धनी पत्रकार विराट अनुपमले यसको कस्तो प्रतिकृया दिनेछन् त्यो भने हेर्न बाँकी छ। र यो पनि हेर्न बाँकी छ कि यो प्रेस विज्ञप्ती प्रेस जगतबाट आइरहेको लगातारको विरोधलाई तत्कालको लागि साम्य पार्न मात्र जारी गरिएको हो या पत्रकार विराट अनुपमको नाक साँच्चिकै सुरक्षित भएको हो।
मेयर चौधरीले पटक पटक दिएको आक्रोशित अभिव्यक्तिप्रति मिस्रित प्रतिक्रियाहरू आएका थिए। कसैले उनको अभिव्यक्तिको विरोध गरिरहेका थिए भने कतिपयले ‘देशलाई यस्तै व्यक्तिको खाँचो भएको’ पनि भनेका थिए।
पढ्नुहोस् मेयर चौधरीको विज्ञप्ती
