काठमाडौँ, १५ जेठ। आज जेठ १५ अर्थात् गणतन्त्र दिवस। नेपालमा दसवर्षे जनआन्दोलनपछि वि.सं.२०६५ सालमा जारी भएको पहिलो ऐतिहासिक संविधानसभाको पहिलो बैठकले जेठ १५ गते गणतन्त्र दिवस घोषणा गरेको थियो। सोही दिनदेखि नेपालमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउँदै आइरहेको छ, जसले आज ११औँ वर्ष प्रवेश गरेको छ। देशभर एकताको सन्देश सम्प्रेषण गर्दै आज गणतन्त्र दिवस मनाइँदैछ। विभिन्न राजनैतिक दल, नेपाल प्रहरी, नेपाली सेनालगायत विभिन्न संघसंगठनहरुले दिवसको अवसरमा आज दिनभर विविध कार्यक्रम आयोजना गरेर हर्सोल्लासका साथ मनाउँदैछ। गणतन्त्र प्राप्तीकै लागि हज्जारौँ नेपाली नागरिकले ज्यानको बलिदान दिएका छन्। जसको सम्मानमा साँझपख दीप प्रज्ज्वलन गरेर कार्यक्रम गर्दैछ।
नेपालमा गणतन्त्र आउनु अघि राष्ट्रप्रमुख हुनका लागि राजपरिवारमै जन्मिएका व्यक्ति अर्थात् राजाका छोराछोरी, राजपाठमा हुर्किएका शाही सदस्य मात्र हुन पाउने व्यवस्था थियो। तर, गणतन्त्रको स्थापनापछि नेपालमा जन्मिएका हरेक नागरिकले आफ्नो स्वतन्त्रता, राष्ट्रप्रेम अनि स्वछन्दताका आधारमा भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेर जन्मिए पाएका छन्।
गणतन्त्रको स्थापनापछि नेपालमा केही परिवर्तन भएको छ। तर, दलहरुको सत्ता समीकरणको झगडाले अझै पनि नेपाली जनतामा विश्वासको वातावरण बन्न सकेको छैन। सशस्त्र युद्धका बेला घरका भित्तामा लागेका बम, गोली अनि बारुदका छर्राहरुले बनाएका खतहरु अझै पनि मेटिएका छैनन्। वेपत्ता परिवारको घाउमा मल्हम लगाउन सकेका छैनन् त घाइतेहरुलाई अझै पनि उचित न्याय दिलाउन सकेको छैन।


























