काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले पेट्रोलमा रू २० र डिजेलमा रू २९ मूल्य घटाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।
हाल पेट्रोलमा प्रतिलिटर १९९ रूपैयाँ रहेकामा घटेपछि १७९ रूपैयाँ र १९२ रूपैयाँ प्रतिलिटर रहेको डिजेलमा घटाएर १६३ रूपैयाँ कायम गरिएको छ। नयाँ मूल्य शनिबार राति १२ बजेदेखि नै लागू हुने मन्त्री बडूले जानकारी दिए।
पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धिले जनालाई मर्का परेको भन्दै थोरै भए पनि राहत हुनेगरी मूल्य घटाइएको उनले बताए। सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएर भए पनि जनतालाई राहत दिनुपर्छ भन्ने हेतुले मूल्य घटाइएको उनले उल्लेख गरे।
Facebook Comments


























