काठमाडौँ । चौतर्फी विरोधपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य घटाएको हो। अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायाेजन गर्न भनेअनुरुप निगम संचालक समितिको बैठकले मूल्य घटाएको हो। अब पेट्रोलकाे मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ।
यसअघि निगमले हप्तामै दुई पटकसम्म चर्को मूल्यवृद्धि गरेर उपभोक्तालाई महँगीको मारमा पारेको थियो। स्थानीय तह निर्वाचनको मतपरिणाम नआउँदै मूल्यवृद्धि गरेर चुनावको खर्च उठाउने प्रयास गरेको भन्दै विद्यार्थी संगठनहरुले आन्दोलन चर्काएपछि अर्थमन्त्रालयको ध्यानाकर्षण भएको थियो।
Facebook Comments


























