पोखरा । हवाइजहाजमा तेल भर्न गएको ट्याङ्कर पल्टिएपछि पोखरा विमानस्थलको उडान अवरुद्ध बनेको छ। पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न पाएन। पल्टेको ट्यांकर क्रेनको सहायताले उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम जारी रहेको उनले बताए। विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन तयारी अवस्थामा राखेर काम भैरहेको पोखरा विमानस्थल कार्यालयले जनाएको छ।
Facebook Comments


























