काठमाडौँ । जेठ १५ गते संघीय संसदमा प्रस्तुत भएको बजेटमाथि आजबाट सैद्धान्तिक छलफल शुरु हुँदैछ। बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल हुनेछ। अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको जवाफ दिनका लागि सभामुख अग्निप्रसाद सापकोटाले जेठ १७, १८ र १९ गतेको दिन तोकेका छन्।
Facebook Comments


























