चितवन । स्थानीय तह निर्वाचन-२०७४ बाट निर्वाचित सबै जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सकिएको छ। जेठ ५ गतेबाट उनीहरु सबैजना स्वतः सेवा निवृत्त भएका छन्। यसक्रममा आफूले पाँच वर्षभित्र जनप्रतिनिधि भएर गरेका कामबारे सामाजिक सञ्जालमा जानकारी गराउँदै बिदाई भएका तस्बिरहरु समेत राखेका छन्। यही क्रममा सर्वाधिक चासोको विषय बनेको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले पनि आफूले जनप्रतिनिधि भएर गरेको कामलाई महत्त्वपूर्ण सम्पतिको रुपमा ग्रहण गरेको बताएकी छन्।
कार्यकाल सकिएको राति फेसबुकमा लेख्दै उनले यतिन्जेल सहयोग गर्ने सबै दल तथा नगरवासीमा धन्यवादसमेत भनेकी छन्। राजनीतिमा अनुशासन र नैतिकताको आवश्यकता रहने बताउँदै उनले पाँच वर्षे कार्यकाल ज्यादै स्वर्णिम बनेको बताइन्। उनले सकिएको कार्यकालमा ११४ वटा ऐन, कानुन र कार्यविधि बनाएर काम गर्न सफल भएको समेत बताएकी छन्। २०७४ साउन २२ गते कार्यभार सम्हालेकी उप-प्रमुख ठकुरीको भनाइ उनकै शब्दमा यहाँ प्रस्तुत गरिएको छ;
देश संघीयतामा गएसँगै स्थानीय तहको पहिलो निर्वाचनबाट देशकै मध्येभागमा रहेको भरतपुर महानगरपालिकाे नगर उप-प्रमुख पदमा तपाईं महानगरवासी बुबा-आमा, दाजु-भाइ, दिदी-बहिनी, साथी, आफन्त इष्टमित्र सम्पूर्णकाे माया र आशिर्वादकाे कारण तीन तहकाे सरकार मध्य स्थानीय सरकार, जनताको नजिककाे सरकारकाे रुपमा काम गर्ने ठूलो अवसर मिल्याे।
धेरै चुनाैतिकाा बाबजुद पनि याे मेरा लागि ठूलो अवसर थियो। नयाँ अभ्यास, नयाँ अनुभवका साथ थुप्रै नयाँ कार्य योजनाहरु लिएर पहिलो कार्यकाल पहिलो पटक भएकाले सबैकुरा सुरुबाटै सुरु गर्नु पर्ने थियो। स्थानीय ऐन कानुन र कार्यविधिदेखि देशमा नै नियमावालीहरु नबनेको अवस्था थियो। केही समय प्रदेश र संघकाे कारण हामी अल्मलियकै हाे। तर पनि हामी जनताको काम गर्न आतुर थियाै। र, त स्थानीय आवश्यकताअनुसार हामीले ११४ वटा ऐन, कानुन र कार्यविधिहरु बनाएर काम गर्न सफल भयाैँ। याे कार्यकाल मेरो लागि स्वर्णिमकाल सावित भएको रेकर्ड मेरो डायरीमा छ।
उप-प्रमुखको अधिकार क्षेत्रभित्र पर्ने जिम्मेवारी ५ वर्षे कार्यकालकाे सिकाइ गतिविधिहरु मेराे महत्त्वपूर्ण सम्पति सावित भएकाे छ। उप-प्रमुखको पदमा रहेर कार्य सम्पादन गर्ने अधिकार प्राप्त भएअनुसार शुरुवाती चरणदेखि आज अन्तिम दिनसम्मको भए/गरेका सबै-सबै काम कार्यहरु लिपिबद्द राखिएको पनि जानकारी गराउँदछु। जाे भाेलिकाे लागि एउटा महत्त्वपूर्ण दस्तावेज हुनेछ, भन्ने मैले विश्वास लिएकाे छु।
अन्तमा; भरतपुर महानगरलाई नेतृत्व गर्नुहुने आदर्णीय निवर्तमान मेयर रेनु दाहाल ज्यु, २९ वटै वार्ड अध्यक्षज्युहरु, कार्यपालिका सदस्यज्युहरु, अनि चार जना प्रमुख प्रशासकीय अधिकृतज्युहरु सम्पूर्ण महाशाखा, शाखाका प्रमुख अनि सबै कर्मचारी मित्रहरु, विज्ञ सल्लाहकार कानुनविद्, उद्योग वाणिाज्य संघ चितवन, चितवन उद्योग संघ, चेम्बर अफ कमर्श, सम्पूर्ण सघं सस्थाका साथीहरु सामाजिक व्यक्तित्वज्युहरु, मेरो संयाेजकत्वमा बनेका सबै समितिका सदस्य मित्रहरु सबैलाई सहकार्य र सहयोगको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद।
जय नेपाल !!! फेरि भेटाैला!!!
Facebook Comments


























