चितवन । नेपाली साहित्य क्षेत्रका मुर्धन्य व्यक्ति एवम् वरिष्ठ गीतकार प्रेमविनोद नन्दनलाई नइ कोइलीदेवी पुरस्कारबाट पुरस्कृत गरिने भएको छ। नारायणी कला मन्दिरका पूर्वअध्यक्षसमेत रहेका नन्दन नइ कोइलीदेवी पुरस्कारबाट पुरस्कृत गरिने निर्णय भएको आयोजक संस्था नइ प्रकाशनले जनाएको छ।
संस्थाका अध्यक्ष ईन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले गीति कविता लेखनका माध्यमबाट नेपाली भाषालाई जनप्रिय बनाइ जनमन छुन सफल भएको भन्दै नगद एक लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
हाल नारायणगढस्थित घरमै स्वास्थ्य लाभ गरिरहेका नन्दनलाई पुरस्कृत गर्ने खबरले नारायणी कला मन्दिरले समेत खुसी व्यक्त गरेको छ। कला मन्दिरका पूर्वधअध्यक्ष नन्दनलाई ठूलो धनराशिको पुरस्कारबाट पुरस्कृत गरिँदा कला मन्दिरको गरिमा उच्च भएको अध्यक्ष सुवीर श्रेष्ठले बताए।
यसअघि गीतकार संघ नेपालबाट राष्ट्रिय स्रष्टा सम्मान एवम् पुरस्कार-२०७६ बाट (नगद एक लाख ५१ हजार) पुरस्कृत भएका नन्दनले ठूला-साना गरी दर्जनौँ सम्मान तथा पुरस्कार पाइसकेका छन्। २०११ सालदेखि कृति प्रकाशन साहित्य सिर्जनामा गरी औपचारिक भूमिका निर्वाह गर्दै आएका नन्दनको हालसम्म आठवटा कृति प्रकाशित छन्।
त्यसबाहेक दर्जनौ फुटकर सिर्जना पनि प्रकाशित छन्। नन्दन करिब एक वर्षयता अस्वस्थ छन्।
Facebook Comments


























