चितवन । स्थानीय तह निर्वाचनको तयारीको लागि भन्दै जिल्लाका सबै सरकारी कार्यालयको सेवा स्थगन गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार सूचना जारी गर्दै जिल्लाका सबै सरकारी कार्यालयमा अत्यावश्यकबाहेकका सबै सेवा स्थगन गरिएको जानकारी गराएको हो।
सरकारी कर्मचारी निर्वाचनको लागि खटिनुपर्ने भएकोले सेवा स्थगन गर्नुपरेको प्रशासनले जनाएको छ। ‘जिल्ला प्रशासन कार्यालयलगायत जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरूबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवाहरू मिति २०७९/०१/२७ देखि २०७९/०१/३० गतेसम्मको लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।

Facebook Comments


























