प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिद्याएको आरोप लगाएका छन् । नारायणगढमा भएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री पदकै लागि पार्टी सभापतिले पार्टी नै संकटमा पारेको आरोप लगाएका हुन् । ‘बिचरा कार्यकर्ता के हेरेर बसिरहेका होलान् ?’ उनले भने, ‘कार्यकर्तालाई प्रकाश सपूतको गीत पीर विसाउने ठाँवै पाइनँ भनेजस्तै भएको होला ।’
देउवाकै कारण अबको २० वर्षसम्म पनि रेनु दाहाललाई बोक्नुपर्ने बाध्यता आइलागेको उनको भनाइ छ । ‘अस्ति प्रचण्डले भनेर गएका छन्, यो गठबन्धन अबको १५÷२० वर्षसम्म जान्छ भनेर,’ उनले भने, ‘ए रूखवाला हो, जसरी हुन्छ मेरी छोरीलाई जिताउ । नत्र……. नत्र भन्या के ?’
Facebook Comments


























