चितवन । राट्रिष्य प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष विक्रम पाण्डेले ठूला दलले विभिन्न बहानामा नेपाललाई विदेशीसामु सुम्पन अग्रसर भएको बताएका छन्। खैरहनी नगरपालिका ६ को पार्टी सम्पर्क कार्यालय उद्घाटन गर्दै पूर्वमन्त्रीसमेत रहेका पार्टीका उपाध्यक्ष पाण्डेले देशलाई बेच्नबाट बचाउन एकपटक राप्रपालाई मतदान गरेर जिताउन आग्रह गरे।
राप्रपा विजयी भएमा जनताले मुलक परिर्वतनको महसुस गर्ने उनको दाबी छ। विभिन्न दलका जनताले पार्टीका नाममा धेरै भोट हाले पनि देश परिर्वतन हुन नसकेको उनले बताए। रोजगारको सिलसिलामा युवाहरु विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्न पनि राप्रपालाई जिताउन उनले आग्रह गरे।
उनले अब राष्ट्रवादी शक्ति एक भएर देशको विकास गर्ने जिकिर गरे। राप्रपाले युवाहरुको लागि स्वरोजगार ल्याउने, कुनै पद र पैसाको लोभमा नलागि जनताको सेवामा लाग्ने भन्दै आश्वासन दिए।


























