चितवन । कम्प्युटर एसोसिएसन (क्यान) महासंघ नेपाल चितवन शाखाले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका छन्। महासंघले राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा कार्यक्रम आयोजना गरेको हो।
संघका अध्यक्ष सन्तोषजनक भुसालका अनुसार संघले यो दिवसमा फरकफरक खालका कार्यक्रम आयोजना गर्दै आइरहेको छ। समय र आवश्यकताअनुसार हरेक वर्ष फरक खालका कार्यक्रम गर्ने गरेको उनले बताए। 
जिल्लामा उपचारका लागि आएका कुनै पनि बिरामीले रक्त अभावबाट उपचार सेवामा वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी चितवनको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको महासंघ चितवनका उपाध्यक्ष दिलीप तामाङले बताए।
आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिँदै जाने लक्ष्य लिएको महासंघ चितवनका सचिव टेकलाल भुसालले जानकारी दिए।

Facebook Comments


























