चितवन १४ वैशाख । गृहमन्त्री बालकृष्ण खाँण चितवन कांग्रेसका असन्तुष्ट पक्ष फकाउन बुधबार चितवन आएका छन्। पाँच दलीय गठबन्धनबाट भरतपुर महानगरमा प्रमुख पदमा नेकपा माओवादीलाई सघाउने निर्णय भएपछि असन्तुष्टी जनाउँदै आएका जगन्नाथ पौडेल समूहलाई फकाएर उमेदवारी फिर्ता गराउन उनी चितवन आएका हुन्। पौडेलले स्वतन्त्रबाट भरतपुरमा मेयरको उमेदवारी दिएका छन्। गठबन्धनले भने नेकपा माओवादी केन्द्की रेनु दाहाललाई मेयरमा उठाएको छ।
भरतपुरमा मेयर पदमा कांग्रेसबाट र उपमेयरमा माओवादी केन्द्रबाट वागी उमेदवारी परेको छ। आधिकारिकरुपमा भने मेयरमा माओवादी र उपमेयरमा कांग्रेसले उमेदवार उठाएको छ। उपमेयरमा गठबन्धनले नेपाली कांग्रेस भरतपुर महानगरपालिकाका सभापति चित्रसेन अधिकारीलाई उमेदवार बनाएको छ भने माओवादी केन्द्र समर्थित पत्रकार संगठन प्रेस सेन्टर चितवनका सचिव रविचन्द्र अधिकारीले स्वतन्त्र उमेदवारी दिएका छन्।


























