चितवन १३ वैशाख । राप्रपा सहमहामन्त्री तथा वागमती प्रदेश सांसद रीना गुरुङले मेयर–उपमेयर पद कसैको पेवा नभएकाले जनताबाट अनुमोदित हुनुपर्नेमा जोड दिएकी छन्। भरतपुर–२८ जीतपुरमा आयोजित चुनावी घरदैलो अभियानमा सम्बोधन गर्दै उनले जनताका अपेक्षाअनुसारका विकास गर्न व्यवस्थित गुरुयोजना र नीति आवश्यक रहेको बताइन्।
उनले महानगरमा अहिलेका विकास दीर्घकालीन सोचले नभएकाले अब भविष्यका लागि सोचेर व्यवस्थित विकासका योजनाहरु कार्यान्वयन गर्नुपर्ने अवस्था आएको बताइन्। चुनावको मुखमा केही योजना शिलान्यास र उद्घाटन गरेको देखाउँदै जनता झुक्याउने काम भएको टिप्पणी गरिन्। टोल–टोलबाट माग भएका कैयन् योजनालाई वेवास्ता गरिएको उनको भनाइ छ।
Facebook Comments


























