काठमाडौं, फागुन २७ । स्थानीय तहको निर्वाचन सम्बन्धी छलफलका लागि निर्वाचन आयोगले आह्वान गरेको सर्वदलीय बैठक आयोग कार्यालयमा सुरु भएको छ । आयोगले बोलाएको बैठकमा राष्ट्रिय र अन्य साना दल सहभागी छन्।
बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने छ। आयोगले छाप्ने हरियो रङको मतपत्रबारे प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रश्न उठाएकाले यसबारे पनि छलफल हुनेछ। यद्यपि आयोगले यसअघि नै प्राविधिक सहजताका लागि हरियो मतपत्र छाप्ने निर्णय गरेको स्पष्ट पारिसकेको छ।
Facebook Comments


























