चितवन, फागुन २१ । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित भएका छन्।
आज हुने भनिएको दोश्रो चरणको निर्वाचन अगावै पहिलो चरणको निर्वाचनमा निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन्।
पहिलो चरणको मतदानमा सभापति पदका लागि राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, उत्तम जोशी, डा. सूर्यकान्त घिमिरे र कैलाश कोइराला आकांक्षी थिए।
Facebook Comments


























