काठमाडौं, फागुन १९ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ।
प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै माओवादी केन्द्र छाड्ने सोचमा पुगेका श्रेष्ठ बिहिबार प्रचण्डलाई भेट्न उनकै निवास पुगेका हुन्।
एमसीसी अनुमोदनसँगै पार्टी छोड्ने तयारीमा रहेका श्रेष्ठलाई प्रचण्डले रोक्ने प्रयास गरेका छन्। भेटमा प्रचण्डले पार्टीबाट अलग नहुन श्रेष्ठलाई आग्रह गरेका छन्। श्रेष्ठले पार्टीबाट अलग हुन नचाहादा नचाहादै पनि अलग गराउने कोशिस भएको बताएका थिए। त्यसको जवाफमा प्रचण्डले अब मिलेर अगाडि बढ्नुपर्ने बताएको स्रोतको भनाई छ।
यसअघि पत्रकार सम्मेलनमा प्रचण्डले नारायणकाजीलाई इंिगत गर्दै पार्टीबाट अलग हुन चाहने हुन सक्ने बताएका थिए। प्रचण्डको यस्तो भनाईपछि श्रेष्ठ अझ रुष्ट बनेका थिए।


























