फागुन १८ । प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित भएको छ। सभामुख अग्नि सापकोटाले आगामी बैठक आइतबार दिनको १ बजे बस्ने गरी संसद् बैठक स्थगित गरेका हुन्।
बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी थालेको थियो। एमालेका सांसद सिटबाट उठेर रोस्टम अगाडि पुगेर नाराबाजी गरेका हुन्।
एमालेले कारबाही गरेका १४ सांसदको सूची जारी नभएको भन्दै संसदमा निरन्तर विरोध जनाउँदै आएको छ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन मन्त्री दिलेन्द्र बडूले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गरेका थिए।
Facebook Comments


























