काठमाडौँ, फागुन १५ । सत्तासीन नेपाली कांग्रेसले आज (आइतबार) ६ वटा जिल्लामा अधिवेशन गर्दैछ।
सिन्धुपाल्चोक,मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
बाँकी अन्य १० जिल्लाको अधिवेशन २० फागुनसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिएका छन्।
Facebook Comments


























