काठमाडौं । वरिष्ठ कलाकार जयनन्द लामाको निधन भएको छ। ६५ वर्षीय लामा भक्तपुरको कौशलटारस्थित आफ्नै घरको गेटमा मृत भेटिएका हुन्। ‘साली कसको भेनाको’, ‘मनको बाँध’, ‘छक्कापञ्जा’लगायतका चलचित्रमा अभिनय गरेका लामा पछिल्लो समय हास्य टेलिश्रृंखला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएका थिए।
केही समयअघि भएको रियालिटी शो ‘नेपाल लोक स्टार’मा पनि उनी निर्णायकको भूमिकामा थिए। ‘कलकत्ते काइँयो’, ‘चुईंचुईं चुइँकने जुत्ता’, ‘मूलाको चना’लगायत उनका चर्चित गीत हुन्।
Facebook Comments


























