चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पाँच जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ। भरतपुर महानगरपालिका वडा नं. १० स्थित साकुरा रेष्टुरेन्टमा जुवा–तास खेलिरहेको सूचनाको आधारमा चितवन प्रहरीले स्याङ्जा जिल्ला घर भई हाल भरतपुर महानगरपालिका वडा नं. १० बस्ने वर्ष ३६ का प्रकाश रानाभाटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै रौतहट जिल्ला घर भई हाल भरतपुर महानगरपालिका वडा नं. ७ बस्ने वर्ष ३० का सुवास महतो, भरतपुर महानगरपालिका वडा नं. ४ बस्ने वर्ष ५६ का टुङराज लामिछाने, भरतपुर १० बस्ने वर्ष ४८ का सरोज खनाल र भरतपुर १२ बस्ने वर्ष ४२ का राजकुमार श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
उनीहरूको साथबाट नगद एक लाख दुई हजार ३७० रूपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। पक्राउ परेका जुवाडेमाथि थप अनुसन्धान भइरहेको उनले बताए।


























