काठमाडौं , फागुन १ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्।
सोमवार दिउँसो २ बजे संसद सचिवालयमा बस्ने गरी सभामुखले सर्वदलीय बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।
समसामयिक राजनीतिक विषयमा छलफल गर्नको लागि बैठक बोलाइएको उनले बताए। सभामुख सापकोटाले सरकारले संसदमा पेश गर्न लागेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौताबारे राजनीतिक दलहरूसँग छलफल गर्न लागेका हुन्।
संसद बैठक निरन्तर अवरूद्ध भएको र त्यसलाई खुलाउन सहयोग गर्न सभामुखले राजनीतिक नेतृत्वलाई अनुरोध गर्दै आएका छन्।
Facebook Comments


























