काठमाडौं, माघ ८ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ। आज विहान बसेको बैठकमा संघीय संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने विषयमा छलफल भएको छ। यसअघि अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनभन्दा पहिले नै संघको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए।
तर, आम रुपमा उक्त प्रस्तावको बारेमा आलोचना भएपछि फेरि स्थानीय तहको निर्वाचन पहिले गर्नेबारे सत्ता गठबन्धनमा छलफल भएको बताईएको छ। आज बस्ने उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा यस विषयमा छलफल हुनेछ। निर्वाचनको विषयमा सत्तापक्षीय गठबन्धनमा नै एकरुपता छैन्।
माओवादीले भने आज स्थायी कमिटी बैठक राखेर निर्वाचनको बारेमा छलफल चलाएको हो। पार्टी प्रवक्ता कृष्णबहादुर महराले तीन वटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा छलफल भएको र आजै बस्ने संयन्त्रको बैठकमा पनि छलफल गरिने जानकारी दिए।


























