काठमाडौँ, पुस १ । नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन्।
महामन्त्री पदको गणना चलिरहँदा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन्। ६०० सय मत गन्दा थापाले ३८९ मत पाएका छन्। दोस्रोमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र डा.प्रकाशशरण महतको उच्च प्रतिस्पर्धा देखिएको छ। विश्वप्रकाशले २२९ मत पाउँदा पद्रीपले २०६ र प्रकाशशरणले १९३ मत ल्याएका छन्।
डा.मिनेन्द्र रिजालको १०८ र राजाराम कार्कीले १८ मत ल्याएका छन्।
Facebook Comments


























