काठमाडौँ, मंसिर २८ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदको टुंगो लगाउन दोस्रो चरणको मतदान हुने भएको छ।
केहिबेरअघि सार्वजनिक भएको मतपरिणाम अनुसार सभापति पदका पाँच उमेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको हो।
पहिलो चरणमै विजयी हुन २ हजार ३४० मत पाउनुपर्छ। तर अब २ सय मत गन्न बाँकी रहँदा शेरबहादुर देउवाले करिब २ हजार र शेखर कोइरालाले १६०० मत पाएका छन्। बाँकी सबै मत देउवाले ल्याए पनि जितका लागि नपुग्ने निर्वाचन प्रचारप्रसार समितिका मिडिया सेन्टर संयोजक डा. सुरेस आचार्यले जानकारी दिएका छन्।
अहिले केहिबेरमा अन्तिम परिणाम सार्वजनिक हुने र मतदानको प्रक्रिया अघि बढ्ने उनले बताएका छन्।
Facebook Comments


























