काठमाडौँ, मंसिर २६ । नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलनअन्तर्गत आज नयाँ नेतृत्व चयन गर्दैछ। ७ भौगोलिक र २ गैर भौगोलिक गरी ९ प्रदेशमा हिजो एकैसाथ उद्घाटन भएको सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने भएको छ।
आजै हुने बन्द सत्रले प्रवासबाहेक ९ प्रदेशको नेतृत्व चयन गर्ने माओवादी केन्द्रले जनाएको छ। माओवादीमा सर्वसम्मतको नाममा प्रतिस्पर्धा गर्न नदिई पदाधिकारी छनौट गर्ने तयारी गरिएको छ।
सबैजसो प्रदेशमा नेतृत्वका आकांक्षी धेरै भए पनि कसैले पनि उम्मेदवारी सार्वजनिक गरेका छैनन्।
Facebook Comments


























