काठमाडौँ, मंसिर २४ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सभापतिमा दाबी गर्दै आएका नेता विमलेन्द्र निधीले रामचन्द्र पौडेललाई सभापति स्वीकार गर्ने बताएका छन्।
संस्थापन इतरसमूहबाट प्रकाशमान सिहं र शेखर कोइराला त्याग गर्न तयार भए आफूले पनि पौडेललाई सर्मथन गर्ने बताएका हुन्। सभापतिमा दाबी गदै प्रचारलाई तीव्र बनाएका निधीले अकस्मात गरेको नयाँ प्रस्तावले कांग्रेस राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ।
चितवन-काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै निधीले भने, ‘यदि पौडेलजीलाई सर्वसम्मत स्वीकार गर्ने हो भने म दाबी छोड्छु।’
रामचन्द्रका लागि मैदान खाली गर्ने बताएका उनले अरु उम्मेदवार कायम रहे आफ्नो पनि उम्मेदवारी कायम रहने बताए। उनले असन्तुष्टि छाडेर बैठक र कार्यक्रमहरूमा उपस्थित हुन पौडेललाई आग्रहसमेत गरेका छन्। न्युज कारखाबाट


























