चितवन, मंसिर १८ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले प्रधान न्यायाधीशविरुद्ध महाअभियोग लगाउने र एमसीसीको विषय गठबन्धन र राजनीतिक दलहरुबीच सहमतिका आधारमा हुने स्पष्ट पारेका छन्। प्रेस सेन्टर नेपाल चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन भत्किने डर भइरहेको बेला उनले गठबन्धनको भविष्यबारे ढुक्क हुन आश्वासन दिएका छन्। प्रेस सेन्टरको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने– ‘एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ। एमसीसीको बैठक र संसद बैठक एकैदिन पर्नु संयोगमात्र हो। प्रधान न्यायाधीशविरुद्ध महाअभियोगको कुरा पनि आएको छ। त्यो पनि दलहरुबीच सहमतिका आधारमा महाअभियोग लगाउने वा नलगाउने निर्णय हुन्छ । गठबन्धन भत्किदैन। ढुक्क हुनुस।’
Facebook Comments


























