चितवन मंसिर १२ । नेकपा (एमाले)को दसौँ महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। पार्टीको अध्यक्षसहित सबै पदमा सर्वसम्मति हुने भनिए पनि डा भीम रावलले अध्यक्ष नछाड्ने दाबीमा अडान जारी राखेपछि सौराहाको होटल सेभेन स्टारमा अध्यक्ष केपी ओली सहमति गराउने कसरतमा लागिरहेका छन्।
महाधिवेशन बन्द सत्र स्थलमा रहेका नेपाल पत्रकार महासंघ चितवनका निवर्तमान अध्यक्ष राधेश्याम खतिवडाका अनुसार अहिले बन्दसत्र स्थल सेभेन स्टार होटलमा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ। ओली र डा रावलबीच सहमतिको गाँठो फुकाउन नसक्दा महाधिवेशनको बन्द सत्र अन्यौलमा परेको हो।
Facebook Comments


























