चितवन १२ मंसिर । नेकपा एमालेको दसौँ महाधिवेशन चितवनको सौराहामा जारी छ। उपाध्यक्ष डा भीम रावलले आफू अध्यक्ष पदमा अडिग रहने बताएपछि यो समाचार तयार पार्दासम्म पनि बन्द सत्र सुरु हुन सकेको छैन। अध्यक्ष केपी शर्मा ओलीसहित अध्यक्ष मण्डलको बैठक चल्दै गर्दा बाहिर भने अब के होला भन्ने विषयमा अन्यौल छाएको छ।
पत्रकारहरु भित्रबाट सूचना के आउला भनेर बाहिर कुरिरहेका छन् भने महाधिवेशन प्रतिनिधिहरु पनि निराश भएका छन्। भित्रको बैठकको जानकारी गुपचुप राखिएको छ। अध्यक्ष ओलीले सहमतिको प्रयास जारी राखेका छन्। ओलीले सबै पदमा सहमति गराउने प्रयास गरे पनि डा रावलले लोकतान्त्रिक पद्धतिविरुद्ध जान नसक्ने बताउँदै आफ्नो उमेदवारी फिर्ता गरेका छैनन्।
अध्यक्ष ओलीले भने डा रावललाई सहमतिमा आउन दबाब दिइरहेका छन्। सहमति नभए सोमबार मतदान हुने नेताहरुले बताइरहेका छन्।
Facebook Comments

























