चितवन, मंसिर १२ । नेकपा एमालेको चितवनमा जारी १० औँ महाधिवेशनका क्रममा निर्वाचित हुने ३०१ जना केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओली निकट ४ जना नेताहरुले अध्यक्ष ओलीलाई बुझाएका छन्।
शनिबार बन्दसत्रले केन्द्रीय सदस्य छान्ने अधिकार ओलीलाई दिएको थियो। ओलीले गृहकार्य गरेर सूची तयार पार्न आफू निकट ४ जना नेताहरुलाई जिम्मा दिएका थिए। विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मेवारी दिएका थिए। उनीहरुले ओलीलाई सूची बुझाएका छन्। उनीहरुले पदाधिकारी र सदस्यको सूची बनाएर ओलीलाई बुझाएका हुन्।
ओलीले सो सूचीलाई अन्तिम रुप दिएपछि बन्दसत्रमा पेश गर्ने जनाइएको छ। बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन। अब ओलीले अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ।
Facebook Comments


























