मंसिर १ । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन्।
आजको प्रदेशसभा बैठकमा उनले ५० मत पाए। आफूलाई प्रदेशसभाको विश्वास छ भनेर मुख्यमन्त्री राईले प्रदेशसभा बैठकमा राखेको प्रस्तावमा उनको विपक्षमा २९ मत परेको थियो।
उनको पक्षमा आएको मतले उनलाई बहमुत पुगेकाले मुख्यमन्त्रीका रुपमा राईले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे।मुख्यमन्त्री राईको पक्षमा उनको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन्।
प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन्।
प्रमुख विपक्षी दल नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गरेको छ। आजको मतदानमा ७९ जना उपस्थित थिए।


























