काठमाडौं, मंसिर १ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ।
बारको धर्ना भइरहँदा प्रधानन्यायाधीश राणाले बुधबारका लागि १० इजलास गठन गरेका छन्। १० इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ।
राणाको राजीनामालाई बटम लाइन बनाएर बार र सर्वोच्च अदालतकै न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका छन्।
संवाद र वार्ताबाट समाधान खोज्न राणाले गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै राणाकै राजीनामा नै समस्या समाधानको बाटो रहेको बताउँदै आएका छन्।
कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाएर राणाको राजीनामा मागिएको हो।
Facebook Comments


























