चितवन, कार्तिक २९ । कोभिड-१९ कारण दुई वर्षपछि लागेको रत्ननगर ८ चित्रसारी मेलामा भिड लागेको छ। मेलामा रमाइलो हेरेर, किनमेल गरेर फर्किनेको घुइँचो लागेको हो।
पहिले थारू समुदायको मात्र सहभागिता रहने चित्रसारी मेलामा अहिले अन्य समुदायका मानिसको पनि भीड लाग्ने गरेको छ। चित्रसारीमा चितवन जिल्लाकै सबैभन्दा पुरानो थारु समुदायको चित्रसेन बाबाको मन्दिरमा हरिबोधनी एकादशीको दिन पूजा गर्ने भक्तजनहरुको भिड छ।
मेलाको प्रमुख आकर्षण उखु र सखरखण्ड रहने गरेको छ। मेलामा सबैभन्दा धेरै उखु र सखरखण्डको बिक्री हुने गरेको छ।







Facebook Comments


























