चितवन, कार्तिक २८ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन लागेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका लागि चितवनबाट सहभागी हुन पार्टीको जिल्ला समितिले २८ जना महाधिवेशन प्रतिनिधि छानेको छ।
जम्मा २८ जना प्रतिनिधि चाहिनेमा २०६ जनाको मनोनयन पत्र दर्ता भएपछि कार्यदलले शनिबार अबेरसम्म छलफल गरि २८ जनाको नाम सर्वसम्मत रुपमा छनोट गरेको एमाले चितवनले जनाएको छ।
महाधिवेशन प्रतिनिधि छनोट कार्यदलमा एमाले केन्द्रिय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज काशिनाथ अधिकारीको संयोजकत्वमा चार जना केन्द्रीय सदस्य रहेको कार्यदल बनाएको थियो, जुन कार्यदलले जिल्लाको तीन वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र समग्र जिल्लालाई आधार बनाएर दलित तथा उत्पिडन क्षेत्रबाट प्रतिनिधि छनोट छानेको हो, जसअन्तर्गत क्षेत्र नं १ बाट १०, २ बाट नौ, ३ बाट सात र दलित तथा उत्पिडन क्षेत्रबाट दुई जना छनोट भएका कार्यदलका संयोजक अधिकारीले जानकारी दिए।
२८ जना प्रतिनिधिको नामावली:
क्षेत्र नं १ (खुलातर्फ) जेएन थपलिया, दावा लामा, झगरु चौधरी, प्रकाश खनाल (शैलेस),नारायण वन, यादव पाठक र कमल पाठक
(महिलातर्फ) प्रभा बराल, सुनिमाया चेपाङ र विमला दुवाडी
क्षेत्र नं २ (खुलातर्फ) कृष्णभक्त पोखरेल, विजय सुवेदी, बाबुराम खरेल, टिका रिजाल, तेजेन्द्र बहादुर खड्का र पुरुषोत्तम न्यौपाने
(महिलातर्फ) सूर्यवदना हमाल, शान्ति अधिकारी र माया सिलवाल
क्षेत्र नं ३ (खुलातर्फ) हरिप्रसाद सापकोटा, रामप्रसाद न्यौपाने, कृष्णप्रसाद भुर्तेल, विष्णुहरी तिमिल्सेना र प्रकाश ढुंगाना
(महिलातर्फ) पार्वती रावल र सरस्वती विष्ट
दलित तथा उत्पीडन क्षेत्रबाट शिवकुमारी गोतामे र श्यामलाल विक


























