कार्तिक २६ । देशभर चिसो बढ्ने क्रम बढेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ।
हाल मौसमको अवस्थाबारे आज (शुक्रवार) बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले यस्तो बताएको हो।
विभागका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। तर पनि हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ। बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहेको जनाइएको छ।
Facebook Comments


























