कार्तिक २६ । विश्वभर कोरोनाबाट निको हुनेको संख्या २२ करोड ८२ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ४ लाख २४ हजार ३३७ जना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या २२ करोड ८२ लाख ४ हजार ५५० पुगेको हो।
यही अवधिमा ५ लाख ५३ हजार १३८ जना संक्रमित थपिएका छन् भने ८ हजार ३५० को मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा एक हजार ४९३, रुसमा एक हजार २३९, ब्राजिलमा २६४, बेलायतमा २१४ र टर्कीमा २०३ जना रहेका छन्।
थपिने संक्रमित पनि अमेरिकाका धेरै छन्। त्यहाँ एकैदिन ९४ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी बेलायतमा ३९ हजार ३२६, रुसमा ३८ हजार ५८, टर्कीमा २७ हजार २५९ र ब्राजिलमा १४ हजार ३५७ जनामा संक्रमण पुष्टि भएको छ।
Facebook Comments


























