चितवन, कार्तिक २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५६३ जना कोरोना संक्रमणमुक्त भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।
निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, १४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १ हजार ९८० जनाको पीसीआर परीक्षणमा १४१ र ३५३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























