चितवन, कार्तिक १ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९३७ जना कोरोना संक्रमणमुक्त भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालहरुबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९७ दशमलब १ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६५४ जनाको पीसीआर परीक्षणमा ५२३ र २ हजार ४३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६८ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























