चितवन, असोज २९ । पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा बडादसैँको टीकाको दिन पर्यटक भरिएका छन्।
आज बडादसैँको टीकाको दिन विशेष गरि डुंगा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको गैँडा, बाघलगायत जंगली जनावर हेर्न जाने पर्यटकको भिड थियो।
मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुंगा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको गैँडा, बाघलगायत जंगली जनावर हेर्न मन पराउँछन्। वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो गन्तव्य हो।
सौराहामा सुविधायुक्त ११० होटलमा दैनिक दुई हजार ८०० पर्यटक राख्न सकिने क्षमता छ।







Facebook Comments


























