काठमाडौं, असोज २२ । सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंग्याएको छ। जसअनुसार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन्।
त्यस्तै शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बन्ने छन्। महेश्वर गहतराज युवा तथा खेलकुदमन्त्री बन्नेछन् भने बोधमाया यादव राज्यमन्त्री बन्नेछन्।
माओवादीले बुधबार नै मन्त्रीहरुको नाम टुंगो लगाएको थियो, तर मन्त्रालय टुंगिएको थिएन।
माओवादीका एक नेताले भने, ‘अहिलेसम्म भएको मोटामोटी निर्णय यही हो। यही कार्यान्वयन होला। तर शपथ हुने बेलामा केही तलमाथी हुन सक्छ।’
वर्तमान सरकारमा माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाएको छ। जसमा जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीले प्रधानमन्त्रीसँगै शपथ लिएका थिए।
Facebook Comments


























