चितवन, असोज ७ । नेपाली कांग्रेस खैरहनी नगर सभापतिमा गुणराज श्रेष्ठले उमेदवारी घोषणा गरेका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत यहि असोज ९ गते हुने नगर अधिवेशनका लागि श्रेष्ठले पूर्वी चितवनको खैरहनीमा उमेदवारी घोषणा गरेका हुन्।
श्रेष्ठको प्यानलबाट उप-सभापतिमा विष्णु भक्त न्यौपाने र मुकुन्द प्रसाद चौधरीले आफ्नो उमेदवारीको घोषणा गरेका छन्। सचिवमा टिकादत्त इटनी र मेघनाथ सुवेदी र सहसचिवमा अमृता उप्रेती र रामकृष्ण चौधरीले उमेदवारी घोषणा गरेका छन्।
उमेदवारी घोषणा गर्दै श्रेष्ठले भने, “नगर सभापति भएपछि आगामी स्थानीय तहको निर्वाचनमा मेरो कुनै पनि पदमा उमेदवारी रहनेछैन।” पार्टिले तोकेको उमेदवारीलाई जिताउन आफू लागि पर्ने श्रेष्ठले बताए।

Facebook Comments


























