काठमाडौं, असोज ७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग एमालेसँग लड्ने क्षमता नभएको टिप्पणी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित नेकपा एमाले विशेष कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रिपरिषद् विस्तार गर्न नसक्नेले एमालेसँग लड्ने धाक दिने भन्दै प्रश्न गरे। उनले भने, ‘मन्त्रिमण्डल बनाउनु छैन, एमालेसँग लड्ने ? मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने ? एमाले जस्तो मजुबत पार्टीसँग लड्ने ?’
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बिहीबार ७४ दिन पुगेको छ तर हालसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। यही विषयलाई लिएर ओलीले सत्ता गठबन्धनप्रति टिप्पणी गरेका हुन्।
उनले सत्तारुढ गठबन्धनका दलहरुबीच आपसी एकतासमेत नभएको भन्दै एमालेसँग लड्न एकता हुन गठबन्धनलाई चुनौती दिए। उनले भने, ‘कम्तिमा मिलेर त आउनुहोस्।’
एमाले विभाजन र सत्ताबाट हट्नुपरेको दुःख भोगिरहेका ओलीले पछिल्ला दिनहरुमा एमाले विभाजन गरेर बनेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस तथा सरकारमाथि लगातार आक्रोश पोखिरहेका छन्। उनको आक्रोश बिहीबार पनि जारी रह्यो। उनले सम्बोधनका क्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति निकै आक्रोशित भएर टिप्पणी गरे।
एकीकृत समाजवादीले बिहीबारमात्र ७ जना उपाध्यक्ष बनाएको विषयलाई पनि व्यङ्ग्य गर्दै ओलीले ‘सातजनालाई नगद उपाध्यक्ष’ बनाइएको टिप्पणी गरे। उनले सानो चोइटिएर गएको पार्टीको नाम एकीकृत भन्दै व्यङ्ग्य गरे।















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










