चितवन, असोज ६। नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा प्रल्हाद सापकोटासहितको प्यानलले उमेदवारी घोषणा गरेको छ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत यहि असोज ९ गते हुने नगर अधिवेशनका लागि सापकोटाले रत्ननगरमा आज (बुधवार) आफ्नो प्लानल सहितको उमेदवारी घोषणा गरेका हुन्।
सापकोटा सँगै सोही प्यानलबाट उप सभापतिमा केदारमान बाइवा र शिवकान्त पौडेलले आफ्नो उमेदवारीको घोषणा गरेका छन्। सचिवमा तिर्थराज सुवेदी र विरेन्द्र चौधरी, सह–सचिवमा अमृत मल्ल र गोबिन्द भट्टराई रहेका छन्।

उमेदवारी घोषणा कार्यक्रममा बोल्दै सापकोटाले कांग्रेसको नेतृत्व युवाहरुले गर्नुपर्ने अहिलको आवश्यकता बमोजिमनै आफूहरुले उम्मेदवारी दिएको बताए। उनले आगामी निर्वाचनमा आफ्नो कुनै पनि पदमा उमेदवारी नरहने बताउँदै सबै ठाउँमा कांग्रेसको जित सुनिश्चित गर्ने गरि सिङ्गो पार्टी एक बनाउन अभियानमा लाग्ने बताए।
रत्ननगर नगर सभापतिमा सापकोटाको भिडन्त रामचन्द्र पौडेल पक्षका रुपनराज घिमिरेसँग रहेको छ।



























