चितवन, भदौ २६ । चितवन राष्ट्रिय निकुञ्जको इन्क्लोजरमा संरक्षण गरिएको एक अर्नाको मृत्यु भएको छ। पदमपुर फाँट क्षेत्रमा रहेको इन्क्लोजरमा हिजो (शुक्रबार) एक वयस्क पोथी अर्ना मृत भेटिएको हो।
उक्त अर्नाको मृत्यु प्राकृतिक कारणबाटै भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए। सोही क्षेत्रमा करिब २ दिन अगाडि जन्म भएको अनुमान गरिएको अर्नाको बच्चासमेत भेटिएको अधिकारीले बताए।
यस निकुञ्जमा १२ वटा कोशी टप्पु वन्यजन्तु आरक्षबाट र ३ वटा चिडियाखानाबाट स्थान्तरण गरी १५ वटा अर्ना ल्याइएको थियो। तीमध्ये केहीको मृत्यु भयो भने केहीले यहाँ जन्म लिएका छन्।
हाल इन्क्लोजर क्षेत्रमा १२ वटा अर्ना रहेका अधिकारीले बताए।
Facebook Comments


























