भदौ २५ । सरकारले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँ संशोधित बजेट ल्याएको छ। यसअघिको केपी ओली सरकारले अध्यादेशमार्फत ल्याइएको बजेटलाई संशोधन गर्दै अर्थमन्त्री जनार्जन शर्माले बजेट ल्याएका हुन्। यसअघिको सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।
यस्तै, सरकरले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। अर्थमन्त्री शर्माले संसदमा प्रतिस्थापन विद्येयक प्रस्तुत गर्दै ७ प्रतिशत आर्थिक बृद्धि हुने अनुमान गरिएको बताए। चैतभित्र कोरोना बिरुद्धको खोप उपलब्ध भई आर्थिक क्रियाकलाप विस्तार हुने हुँदा ७ प्रतिशत आर्थिक बृद्धि हुने अनुमान गरिएको अर्थमन्त्री शर्माले बताए।
Facebook Comments


























