दोहा, भदौ २३ । कुवेतमा एक नेपाली युवा लुटिएका छन्। कुवेतको अल्मूला एक्सचेन्जमा काम गर्ने ज्ञानेन्द्र रिजाल गत आइतबार बेलुकी करिब ९ बजेर २०मिनेटमा कामबाट कोठा फर्किने क्रममा लुटिएका छन्।
काम सकेर फर्किएका रिजाललाई बाटोमा दुई जना कुवेती नागरिक जस्ता देखिने व्यक्तिले पर्ससहित सिभिल आईडी बैंक कार्ड र नगद ११ कुवेती दिनरसहित पर्समा भएको सम्पूर्ण डकुमेन्ट लुटेर लगेको बताइएको छ।
Facebook Comments























