काठमाडौं, भदौ २० । मित्रराष्ट्रका प्रधानमन्त्री विरुद्ध विरोध प्रदर्शन गर्नेमाथि कारबाही गरिने गृह मन्त्रालयले चेतावनी दिएको छ। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै मिश्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी, गर्ने जुलस निकाल्ने र प्रदर्शन गर्नेमाथि कारबाही गरिने चेतावनी दिएका हुन्।
हालका दिनहरुमा दार्चुला प्रकरणलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध भइरहेको छ। मन्त्रालयले नेपालले सबै मित्रराष्ट्रहरुसँग पारस्पिारिक सम्बन्ध कायम राख्न चाहेको भन्दै नेपाली भूमिमा कुनै पनि मित्रराष्ट्र विरुद्धका गतिविधि हुन नदिने जनाएको छ।
मन्त्रालयले मित्रराष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाट समाधान गर्दै आएको भन्दै भविष्यमा पनि कूटनीतिक माध्यमबाटै समस्या समाधान गरिने बताएको छ।



























