चितवन, भदौ १७ । भरतपुरको सरकारी अस्पतालमा अख्तियारको टोलीले छापा मारेको छ।
अस्पतालले सञ्चालन गरेको औषधी पसलमा अनियमितता भएको उजुरी परेपछि हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले औषधी पसलमा छापा मारेको हो। औषधी पसलमा छापा मारेसंगै सम्बन्धित कागजातसमेत नियन्त्रणमा लिएको छ।
बिरामीलाई औषधी छैन भनेर फर्काउने तर बीमा बोर्डसँग बीमितको नाममा पूरै रकम दावी गर्ने गरेको भन्दै अस्पतालविरुद्ध उजुरी परेको थियो।
आवश्यक कागजपत्र संकलन गरेर छानविन तथा बयान समेत लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौंडाका उपसचिव विष्णुप्रसाद सापकोटाले बताए।
Facebook Comments


























