चितवन, भदौ १० । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९२९ जना कोरोना संक्रमणमुक्त भएकाछन्। उनीहरु देशभरका विभिन्न असपतालहरुबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, २ हजार ४३३ जना मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७०२ जनाको पीसीआर परीक्षणमा २ हजार ५२ र ४ हजार ६७२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८१ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























